सरकारले भन्यो : मध्यपूर्वका विमानस्थलहरुमा कोही पनि नेपाली नागरिक अलपत्र अवस्थामा छैनन्

लोकपथ
21
Shares

काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलहरूमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । 

शुक्रबार सिंहदरबार मा पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुरा  बताएको हो । 

उनले सो क्षेत्रका तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरूका लागि सरकारले हवाई उडानको पनि आवश्यक व्यवस्था मिलाएको बताए । परराष्ट्र मन्त्रालयकारअनुसार सो क्षेत्रबाट स्वदेश फर्कन चाहनेहरु कहीँ कतै पनि अप्ठ्यारोमा रहेका छैनन् । नेपाल आउन चाहने कुनै पनि नेपालीलाई नेपाल एयरलाईन्स,  हिमालय एयरलाईन्स लगायतबाट स्वदेश फर्काउने काम भइरहेकाले त्यस्ता खालका कुनै समस्या भए पनि त्यो छिट्टै समाधान हुने परराष्ट्र मन्त्रालयको दाबी छ । 

परराष्ट्र  मन्त्रालयको प्रवक्ता पौडेलले भने, ‘अहिले पश्चिम एसिया क्षेत्रमा कहीँ पनि नेपाली नागरिकहरू ट्रान्जिटमा रहनुभएको भन्ने हामीलाई जानकारी छैन । मैले अघि नै जानकारी गराए कि हाम्रो दूतावास, उक्त क्षेत्रका नियोगहरू हाम्रो हटलाइन लगायतको जुन सिस्टम छ । पछिल्लो हामी हेर्दाखेरी त्यो खालको हामीलाई केही कतै जानकारी छैन । र त्यहाँबाट जति पनि नेपाल आउन चाहने नेपालीहरू हुनुहुन्छ । उहाँहरुलाई पनि यो हवाई सम्पर्क आकाश खुलेसँगै हवाई सेवा सुचारु हुन लागेको अवस्थामा उहाँहरु आउन सक्ने अवस्था सृजना भएको छ । यहाँहरुलाई जानकारी नै छ । माननीय परराष्ट्र मन्त्रीज्युको पहलमा नेपालको हवाई सेवा प्रदायकहरुसँगको निर्णयअनुसार नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्सलगायतले जन उडान सुरु गर्ने भन्ने थियो । त्यो सुरु भइसकेकाले यो समस्या छिटै समाधान हुँदै जानेछन् ।’

मन्त्रालयकारअनुसार स्वदेश फर्कन चाहने नेपालीहरूको हवाई उडानको समस्या समाधान गर्न सरकारले विशेष पहल गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?