काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको मूल्य बढ्नुको कारणबारे स्पष्ट पारेका छन् ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु र भारतबाट आउने इन्धनको नयाँ खरिद मूल्य महँगो हुनु नै मुख्य कारण हो । यही कारणले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको उनले बताए ।
सरकारले केही कर छुट दिए पनि त्यसको असर अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिले ढाकिएको भट्टको भनाइ छ । उनका अनुसार कर छुट नभएको भए इन्धन अझ महँगो हुन सक्थ्यो ।
भट्टले अहिले निगम ठुलो नोक्सानीमा रहेको र इन्धन आपूर्ति नियमित राख्न मूल्य मिलाउनै पर्ने अवस्था रहेको पनि बताए ।
निगमले अब ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेर अन्तर्राष्ट्रिय बजार अनुसार नै मूल्य बढ्दा बढाउने र घट्दा घटाउने योजना बनाएको छ ।
त्यसैगरी, प्रशासनिक खर्च घटाउने, डिपो र ढुवानी प्रणालीलाई डिजिटल बनाउने तथा मूल्य स्थिरीकरण कोषलाई प्रभावकारी बनाउने तयारी पनि भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया