चार्टड एकाउण्टेण्ट्स संघले गर्‍यो प्रिबजेट छलफल

लोकपथ
28
Shares

काठमाडौं । नेपाल चार्टड एकाउण्टेण्ट्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि कर प्रणाली सुधार र नीतिगत सरलीकरणका विषयमा छलफल गरेको छ ।

संघको आयोजनामा सम्पन्न प्रि–बजेट छलफलमा आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, भन्सार महसुल तथा शिक्षा सेवा शुल्कलगायतका क्षेत्रमा आवश्यक सुधारका विषयमा विस्तृत छलफल भएको हो ।

त्यस्तै, समग्र कर प्रणालीलाई प्रभावकारी र सरल बनाउन नीतिगत तथा प्रक्रियागत सुधार आवश्यक रहेको विषयमा सहभागीहरूले जोड दिएका थिए ।

संघका महासचिव प्रदीप अर्यालका अनुसार आगामी बजेट कस्तो हुनुपर्छ भन्ने विषयमा व्यापक छलफल गरिएको र छलफलबाट प्राप्त निष्कर्ष छिट्टै सरकारलाई बुझाइने तयारी गरिएको छ ।

उनले भने, ‘नेपाल चार्टड एकाउण्टेण्ट्स संघले विगतदेखि नै प्रि–बजेट छलफल गर्दै आएको छ । यस पटक पनि हामीले तटस्थ रूपमा सुझाव दिने उद्देश्यले व्यापक छलफल गरेका छौँ । यसले आगामी बजेट निर्माणमा सहयोग पुग्ने अपेक्षा छ ।

छलफलमा राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान, बैंक तथा वित्तीय संस्था, बीमा, रेमिटेन्स र पूँजी बजार क्षेत्रको सुधारका विषयमा समेत सरकारलाई सुझाव दिने विषयमा छलफल भएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?