श्रममन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री बालेनलाई

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन्द्र’ लाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो ।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई आज पदमुक्त गरेका थिए । योसँगै मन्त्रिपरिषद्मा अब १४ सदस्य कायम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?