कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृशोक

लोकपथ
28
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।

बुधबार साँझ झापा गौरदहस्थित निवासमा उनका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको निधन भएको हो ।

मुख्यमन्त्री कार्कीकी आमाको गत फागुन १४ गते आफ्नै निवासको बाथरुममा लड्दा दाहिने खुट्टाको हिपभन्दा मुनिको भाग भाँचिएको थियो। त्यसपछि उनलाई उपचारका लागि विराटनगर स्थित विराट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?