आज मौरिसस जाँदै परराष्ट्रमन्त्री खनाल

लोकपथ
252
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मौरिसस जाँदै छन् ।

उनी मौरिससमा आयोजना हुने नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । उक्त सम्मेलन चैत २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

यो सम्मेलन भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेका हुन् । कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर पनि सहभागी हुनेछन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सम्मेलनमा समुद्री सुरक्षा, आर्थिक विकास र दिगोपन जस्ता विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?