सर्वोच्चद्वारा ओमप्रकाश अर्यालविरुद्धको रिट खारेज

लोकपथ
140
Shares

काठमाडौं । निवर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिसविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिट बुधबार संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइमै खारेज गरेको हो ।

यसअघि चैत १ गतेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?