काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद नीता घतानीले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएकी छन्
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । प्रतिशोध साँधेर सरकारले संविधान र कानुनको मर्म विपरीत अध्यक्ष ओलीमाथि मुद्दा लगाइएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने सांसद घतानीको तर्क थियो ।
उनले भनिन्, ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा केपी शर्मा ओलीमाथि लगाइएका मुद्दा तत्काल फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु । राजनीतिक प्रतिशोधको आधारमा यस्ता मुद्दाहरू लगाएर राजनीतिक मर्यादाको संविधानको मर्मलाई गम्भीर रूपमा कमजोर बनाउँछन् । संविधानको अधिकार र कानुनको मर्म अनुसार यो मुद्दा तत्काल फिर्ता गरियोस् ।’
सांसद घतानीले सरकारले संविधान र कानुन उल्लंघन हुने गरी कुनै पनि काम गर्न नहुने पनि स्पष्ट पारिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया