वकिललाई सिंहदरबार प्रवेश निषेधको नयाँ नियमप्रति सुहाङको आपत्ति, प्रधानमन्त्रीलाई गराए ध्यानाकर्षण

लोकपथ
574
Shares

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले सिंहदरबार प्रवेशमा कानुन व्यवसायीमाथि गरिएको कडाइबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेपाल बार काउन्सिलले जारी गरेको परिचयपत्रका आधारमा कानुन व्यवसायीलाई सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था मिलाउन उनले लिखित रूपमा आग्रह गरेका छन् ।

उनले ध्यानाकर्षण पत्रमा नागरिकले आफ्नो मुद्दामा प्रतिनिधित्व गर्न वा प्रशासनिक कामका लागि कानुन व्यवसायी नियुक्त गर्न पाउने संवैधानिक अधिकार रहेको स्मरण पनि गराएका छन् । 

सिंहदरबारभित्र रहेका मन्त्रालय, प्रशासनिक निकाय तथा अदालतमा सेवाग्राहीले कानुन व्यवसायीसहित प्रवेश गर्न पाउनु न्यायमा पहुँच सुनिश्चित गर्ने उनको भनाइ छ ।

अदालतबाट नेपाल सरकार तथा विभिन्न मन्त्रालयका नाममा जारी आदेश वा फैसला कार्यान्वयनका लागि कानुन व्यवसायी र सम्बन्धित निकायबीच प्रत्यक्ष सम्पर्क आवश्यक पर्ने उनले उल्लेख गरेका छन् ।

यस्तै, सिंहदरबारभित्रका विभिन्न निकाय तथा संसदीय दलका कार्यालयहरूले पनि कानुनी परामर्शका लागि कानुन व्यवसायी नियुक्त गर्ने प्रचलन रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?