उपराष्ट्रपति यादव अस्पताल भर्ना

लोकपथ
42
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचापको समस्या देखिएपछि उनलाई सोमबार राति अस्पताल भर्ना गरिएको हो ।

राति करिब ९ बजेतिर स्वास्थ्यमा असहजता महसुस भएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको हो ।

अस्पतालका अनुसार उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ । उनलाई भीआईपी क्याबिन नम्बर ७०१ मा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?