गृहमन्त्रीलाई महावीर पुनको सुझाव : ‘कसैको दबाब र प्रभावमा नपर्नू’ 

लोकपथ
84
Shares

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव  दिएका छन् । 

आइतबार सांसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो सुझाव  दिएका हुन् । 

विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबाही गर्न नसकेको उनको भनाइ छ । उनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरुङले थालेको अभियान प्रशंसनीय रहेको बताए ।

उनले भने,‘पहिले गृहमन्त्रीले कसैलाई कारबाही गर्न खोजे पनि दलका प्रमुख नेताहरूको दबाबमा गृहमन्त्रीले पनि गर्न सक्दैन्थ्यो । त्यसैले गृहमन्त्रीले कसैको पनि दबाबमा पर्नु भएन । राम्रो काम गर्नुपर्‍यो । तदारुकता साथ आपराधिक कार्यमा संलग्नलाई कारबाही गर्नुपर्‍यो ।’

उनले संसदमा आफू प्रतिपक्षी भएकै कारण राजनीतिक स्वार्थ पूर्तिमा संलग्न नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?