अर्यालको शालीनता र व्यवस्थापकीय क्षमताबाट संसद लाभान्वित हुनेछ : डा. वाग्ले

लोकपथ
63
Shares

काठमाडौं । अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले डोलप्रसाद (डीपी) अर्याललाई प्रतिनिधि सभाको सभामुख पदका लागि समर्थन गरेका छन् ।

डा.वाग्लेले संसदमा अर्याललाई ‘सह–योद्धा र मित्र’ को रूपमा प्रस्तुत गर्दै उहाँको अनुभव र शालीनताले संसदको गरिमा बढाउने विश्वास व्यक्त गरेका छन् । उनले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवै क्षेत्रको अनुभव रहेको स्मरण गराउँदै, अर्यालमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यमवर्गीय संघर्षबाट विकसित उन्नत चेत रहेको बताए ।

सभामुखको मुख्य गुण तटस्थता हुनु पर्नेमा जोड दिँदै डा। वाग्लेले अर्यालले कुनै दलीय आवद्धता नराखी जिम्मेवारी निभाउनेमा आफू विश्वस्त रहेको बताए । उनले इतिहासका सफल सभामुख, जस्तै दमननाथ ढुंगानाको जीवन्त संसद निर्माणको योगदान र सुवास नेम्वाङको कानूनी विशेषज्ञता तथा समन्वयकारी क्षमताबाट नयाँ सभामुखले सिक्नुपर्ने कुरा पनि उल्लेख गरे ।

डा.वाग्लेले रास्वपाले ‘जेनजी’ आन्दोलनको मर्म बोकेर अगाडि बढेको र अर्यालले आधुनिक पुस्ताका अपेक्षा र आकांक्षाहरूलाई आफ्नै शैलीमा ढालेर संसदमा मौलिकता ल्याउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?