‘सानुभाइ’ भनिने युवराज गुरुङ फेरि पक्राउ

लोकपथ
273
Shares

काठमाडौं । पटकपटक गुण्डागर्दीमा संलग्न रहँदै आएका ‘सानुभाइ’ भनिने युवराज गुरुङ फेरि पक्राउ परेका छन् ।

गएराति सामाखुसीबाट पक्राउ परेका गुरुङलाई प्रहरीले पहिले पनि कुटपिट र असुलीसँग सम्बन्धित आरोपमा नियन्त्रणमा लिइसकेको थियो ।

२०८० साल असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा उनलाई हत्कडीसहित ठमेल बजारमा घुमाइएको थियो। त्यसपछी, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा १० हजार रुपैयाँ धरौटीमा छोडेको थियो ।

प्रहरी रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए । घैंटे प्रहरी मुठभेडमा मारिएपछि उनले ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?