गृहमन्त्री गुरुङको टिप्पणी : ‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ ’

लोकपथ
196
Shares

 काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइदिएको बताएका छन् । 

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले लामो समयसम्म कानुनी कार्यान्वयन कमजोर रहेको बताएका हुन् । 

 उनले भनेका छन् ,‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा गृहमन्त्री रहेका गुरुङले पदभार सम्हालेपछि विभिन्न उच्च राजनीतिक व्यक्तिहरू पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक लगायत रहेका छन् ।

गुरुङको उक्त अभिव्यक्तिलाई वर्तमान सरकारको कडा कानुनी कार्यान्वयन र विगतको शासनशैलीप्रतिको आलोचनाका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?