काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाइ गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही सुरु गरेको हो ।
शनिबार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई ट्राफिक प्रहरीले बिजुली बजारमा समातेर कारबाही गरेको हो ।
ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढ्ने जोखिम बढ्ने गरेको छ । रातो बत्ती बल्दा नरोकिकन सवारी साधन चलाउनेहरू ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका हुन् ।
यसलाई सर्वसाधारणले भने केहीले ट्राफिक प्रहरीले दुःख दिने नियत राखेको भन्दै असन्तुष्टि जनाएका छन् भने केहीले प्रशंसा गरेका छन् । ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने उनीहरूको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया