यूएईको अबुधाबीमा ड्रोन आक्रमण : ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

लोकपथ
182
Shares

काठमाडौं । संयुक्त अरब एमिरेट्स (युएई) को अबुधाबीस्थित अजबान क्षेत्रमा भएको ड्रोन आक्रमणमा सात नेपाली नागरिक घाइते भएका छन् । घटनामा पाँच भारतीय नागरिक पनि घाइते भएका छन् ।

घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ । सरकारी समाचार संस्था डब्लूएएमका अनुसार औद्योगिक क्षेत्र नजिकै ड्रोनबाट खसेको भग्नावशेषले लागेर उनीहरू घाइते भएका हुन् ।

यसअघि पनि यूएईमा यस्तै आक्रमणका घटनाहरू भइरहेका छन् । गत साता खलिफा आर्थिक क्षेत्र (केजाद) नजिकै वायु रक्षा प्रणालीले अवरोध गरेको ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा पाँच भारतीय नागरिक घाइते भएका थिए ।

त्यसअघि बिहीबार अवरोध गरिएका क्षेप्यास्त्रको भग्नावशेष सडकमा खस्दा दुई जनाको मृत्यु भएको थियो, जसमा एक भारतीय नागरिक पनि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?