काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सभामुखका लागि उम्मेदवारी दिएका छन् ।
शुक्रबार सिंहदरवारस्थित संघीय संसद सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि मनोनयन पत्र बुझाएका हुन् ।
सो अवसरमा पार्टीका सभापति रवि लामिछाने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका सांसदहरू सहभागी भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा करिब दुई तिहाइ मत १ सय ८२ सिट रहेकाले उपसभापति अर्याल सभामुख बन्ने निश्चित छ ।
यसअघि उनले सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला पार्टीको नेतृत्व सम्हाल्नुभएको थियो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया