संसदमा महावीर : ‘सांसद हुनै नपर्ने मान्छे जितेर आएँ’

लोकपथ
140
Shares

काठमाडौं । स्वतन्त्र सांसद डा. महावीर पुनलेले संसदमा आफ्नो भुमिका सत्तापक्ष र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताएका छन् ।

बिहीबार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफू सांसद हुनै नपर्ने मान्छे सांसद भएर आएको भन्दै सासंदमा आफू अरु सांसद भन्दा फरक रहेको बताए ।

बोल्ने शैली, काम गर्ने तरिका सबै अरुको भन्दा आफ्नो पृथक रहेको र आफू कहिल्यै सांसद हुने कल्पना नगरेपनि जेनजी आन्दोलनपछि शिक्षामन्त्री हुँदा केही अध्यादेश ल्याउन खोजेको तर ल्याउन नसकेपछि निर्वाचनमा उम्मेद्वार बनेको बताए ।

उनले भने, ‘म एउटा अचम्मको सांसदको रुपमा यहाँ आएको छु । किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ । काम गर्ने तरिका पनि फरक छ, सबै कुरा फरक छ । म प्रायः सबैसँग मिल्दिन । म आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगे भनेर भन्न चाहन्छु । म अमेरिका पढेर २०४९ साल भदौमा आएको, अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो, एउटा झोला बोकेर पूर्णकालिन समाजवेशीको रुपमा काम गरिरहेको छ । म राजनिति गर्ने राजनितिज्ञ होईन । म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु । सदनमा मेरो भुमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ । समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार हुने कुनै रहर थिएन, मैले सोचेको पनि थिएन ।’

उनले भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि किताब बेचिरहेको मान्छे मन्त्री बनेको बताए ।

शिक्षामन्त्री बनेपछि शिक्षा क्षेत्रमा भएका अनेकौँ समस्याहरु, चरम राजनीतिकरण र विकृति देखेकोले त्यसलाई सुधार गर्नको लागी प्रयास गरेको उनको भनाई छ । विद्यालय, कलेज र विश्वविधालयहरुमा शैक्षिक वातावरण बनाउन ३ वटा विधेयकको मस्यौदा र चार वटा नियमावली बनाएर तयार पारिएको उनले जानकारी दिए ।

तत्कालिन सरकारले अध्यादेश ल्याउन नमिलेको कारण रोकिएको र ती अध्यादेश तथा नियमावली प्रधानमन्त्री कार्यलयमा आफूले बुझाएको पनि जानकारी दिए । उनले शिक्षा क्षेत्रको सुधारको लागि आफूले तयार पारेको विधेयकहरु ल्याउन सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?