काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले जेनजी आन्दोलनलाई रंगक्रान्तिको संज्ञा दिएका छन् ।
संसदको पहिलो बैठकमा सम्बोधन गर्दै दलका नेता बादलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अवैधानिक ढंगबाट रास्वपाले अघोषित रुपमा रंगक्रान्ती गरेको आरोप लगाए ।
‘भदौ २३ र २४ गते अवैधानिक ढंगलबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ती सफलतापूर्वक सम्पन्न भयो,’ उनको आरोप रहेको छ ।
त्यस्तै उनले त्यही जगमा फागुन २१ को निर्वाचनमार्फत् रास्वपाले निलो क्रान्तिलाई वैधानिकता दिएको समेत आरोप लगाए ।
‘फागुन २१ गते आम निर्वाचनमार्फत् निलो क्रान्तिलाई वैधानिकता प्रधान गरियो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया