अफ्टाको बोर्ड निर्देशकमा नाट्टाका अध्यक्ष थपलिया चयन

लोकपथ
42
Shares

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलिया विश्वभरका ट्राभल एजेन्सीहरूको छाता संस्था  युनाइटेड फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन (अफ्टा) को बोर्ड निर्देशकमा नियुक्त  भएका छन् । 

अफ्टाका अध्यक्ष सुनिलकुमार आरका अध्यक्षतामा सम्पन्न अफ्टाको वार्षिक साधारणसभाबाट नाट्टाका अध्यक्ष थपलिया बोर्ड निर्देशकमा नियुक्त भएका हुन् । विश्वका प्रतिष्ठित पर्यटन क्षेत्रका व्यक्तिको सहभागिता रहने अफ्टामा नेपालले सहभागिता जनाएको हो ।

अध्यक्ष थपलियासँगै उक्त बोर्डमा चेतिन गुर्चुन (टर्की), दुमिन्दा कुरुविताच्र्ची (श्रीलङ्का), योसेफ फाताएल (इजरायल) र मेरिजेल मनोटोक (फिलिपिन्स) नियुक्त  भएको नाट्टाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

सन् १९६६ मा स्थापना भएको अफ्टा विश्वभरका ट्राभल एजेन्सीहरूको छाता संस्था हो । उक्त संस्थामा विश्वभरका आट सयभन्दा बढी ट्राभल कम्पनी आबद्ध छन् । इटलीको मोनाकामा प्रधान कार्यालय रहेको अफ्टाले विश्वभरका हवाई उड्डयनको मुद्दालाई प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?