काठमाडौं । कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा आज सुनुवाइ हुने तय भए पनि गुप्ताका वकिलले निवेदन दिएपछि पेसी स्थगित गरिएको हो ।
यसअघि विशेष अदालतले राजकुमार गुप्तालाई मुद्दाको अन्तिम फैसला नआउँदासम्म थुनामा राख्न आदेश दिएको थियो । सो निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया