सर्वोच्चले माग्यो ओली पक्राउ गर्नुको कारण

लोकपथ
1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण माग गरेको छ ।

शनिबार पक्राउ परेका ओलीलाई रिहा गर्न माग गर्दै ओली पत्नी राधिका शाक्यले बन्दीप्रत्येक्षीकरणको रिट दायर गरेकी थिइन् ।

सोमबार सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजसालमा बन्द्रीप्रत्येक्षीकरणको रिटमा प्रारम्भिक सुनवाइ भएको थियो ।

उक्त रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

जेनजी आन्दोलनका बखत प्रधानमन्त्री रहेका ओलीलाई जाँचबुझ आयोगको सिफारिसका आधारमा पक्राउ गरिएको हो । त्यस्तै ओली क्याबिनेटका गृहमन्त्री रमेश लेखकलाई समेत सोही दिन पक्राउ गरिएको थियो ।

लेखकलाई रिहा गर्न माग गर्दै परेको बन्दीप्रत्येक्षीकरणको रिटमा आजै सुनुनवाइ भएको थियो । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?