ओलीलाई अदालत लैजान चिकित्सकहरूले स्वीकृति दिएनन्, भर्चुअल रूपमा उपस्थित गराइने

लोकपथ
168
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने भएको छ । ओलीलाई अस्पतालबाटै भर्चुअल रूपमा काठमाडौं जिल्ला अदालत  उपस्थित गराइने भएको हो ।

गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई हिजो शनिबार बिहान उनीहरूकै निवासबाट पक्राउ गरिएको थियो । ओली र लेखकलाई ज्यानसम्बन्धी मुद्दा लगाइएको छ ।

ओलीलाई अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको मुटुको चाल अनियमित भएपछि अस्पतालमै राखिएको हो । अदालत उपस्थित गराउन खोजे पनि ओलीको उपचारमा संलग्न चिकित्सकहरूले अनुमति नदिएको स्रोतको दाबी छ । 

पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालत उपस्थित गराइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?