ओलीलाई अदालतमा भर्चुअल उपस्थिती गराइने

लोकपथ
140
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई म्याद थप प्रक्रियामा भर्चुअल उपस्थिती गराइने भएको छ ।

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराउनु पर्ने थियो ।

तर, स्वास्थ्य अवस्थाका कारण प्रत्यक्ष उपस्थित हुन नसकेपछि उनलाई भिडियो कन्फरेन्समार्फत सहभागी गराउने निर्णय भएको छ ।

सरकारी वकिलको कार्यालयले उक्त प्रक्रिया आज सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?