इजरायल परराष्ट्रमन्त्रीद्वारा खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता

लोकपथ
91
Shares

काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त भएकोमा बधाई दिएका छन् ।

मन्त्री खनाललाई पठाएको सन्देशमा मन्त्री सारले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई अझ सुदृढ बनाउन उनीसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।

काठमाडौंस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै, पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?