काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई केहीबेरअघि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि प्रहरीले लेखकलाई शनिबार बिहान निवासबाटै पक्राउ गरेको थियो । लेखकलाई थप अनुसन्धानका लागि म्याद थप अनुमति लिन अदालतमा लगिँदै छ ।
उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालत पेस गर्न लागिएको हो । पक्राउपछि उनलाई प्रहरीले २ नम्बर गण महाराजगन्जमा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया