बालेनका निकट सहयोगी नै बने प्रमुख र राजनीतिक सल्लाहकार

लोकपथ
147
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रमुख सल्लाहकार र राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले प्रमुख सल्लाहकारमा कुमार बेञ्जनकार र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त दुवै सल्लाहकार प्रधानमन्त्री शाहका निकट सहयोगीका रूपमा चिनिन्छन् । उनीहरूले शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि सहकार्य गरेका थिए ।

यस्तै, शाह र रवि लामिछाने बीचको सहकार्य स्थापना गर्न पनि उनीहरूको भूमिका रहेको बताइएको छ ।

उक्त सहकार्यका प्रारम्भिक छलफलहरू ललितपुरस्थित कुमार बेञ्जनकारको निवास तथा काठमाडौंको गैह्रीधारास्थित असीम शाहको कार्यालयमा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?