ओलीको रिहाइको माग गर्दै एमालेले आज ७७ जिल्लामा ज्ञापनपत्र बुझाउने

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमाले ले अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।

गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै प्रहरीले ओलीलाई हिजो उनकै निवासबाट पक्राउ गरेको थियो । त्यसपछि बसेको एमाले सचिवालय बैठकले पक्राउको विरोध गर्दै रिहाइको माग गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार, काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुससहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने तयारी गरिएको छ । हिजो पनि पार्टीसम्बद्ध जनसंगठनले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए ।

यसै विषयमा एमालेले आज बिहान १०ः३० बजे कानूनविदहरूसँग अन्तरसंवाद पनि गर्ने भएको छ । कार्यक्रम पुतलीसडकस्थित संगठनको केन्द्रीय कार्यालयमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?