राजनीतिक प्रतिशोधको कानुनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौँ : प्रदीप ज्ञवाली

लोकपथ
70
Shares
तस्विर: गुगल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साँधेको  बताएका  छन् । 

उनले सरकारका कदमहरू पूर्वाग्रही रहेको भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए । ज्ञवालीले एमाले विरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने समेत संकेत गरे । यसबाट सत्तापक्ष र प्रतिपक्ष बिचको दूरी अझ बढ्ने देखिएको छ । 

उनले भने, ‘यो प्रतिशोध हो । यसको हामीले कानुनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौँ । हामीले आफ्नो धारणा भनिसकेका छौँ, यो राजनीतिक प्रतिशोध हो । र प्रतिशोधको कानुनी र राजनीतिक दुवै ढंगले प्रतिवाद हुन्छ ।’

अध्यक्ष ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?