नेपालमा एथर रिज्टा एस स्कुटरको बिक्री सुरु, कति छ मूल्य ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालको दुई पाङ्ग्रे ईभी ब्राण्ड वैद्य एनर्जी प्रालिले नयाँ एथर रिज्टा एस स्कुटर सार्वजनिक गरेको छ ।

यो नयाँ मोडलले गत वर्ष नेपालमा लोकप्रियता कमाएको रिज्टा एसलाई थप मजबुत बनाउँदै परिवार र दैनिक यात्रुका लागि उपयुक्त विकल्प प्रस्तुत गरेको छ ।

कम्पनीले पहिलो १५० ग्राहकका लागि विशेष प्रारम्भिक लाभस्वरूप २०,००० छुटको व्यवस्था गरेको छ, जसले गर्दा रिज्टा एसको मूल्य २,७४,९९९ मा उपलब्ध हुनेछ ।

एथर रिज्टासँगे कम्पनीले एथर एश्युरेन्स प्याकेज पनि ल्याएको छ, जसले ईभी स्वामित्वलाई सहज र विश्वसनीय बनाउने लक्ष्य राखेको बताइएको छ ।

ब्याट्री वारन्टेको कुरा गर्दा ३ वर्ष वा ३०,००० किमी सम्मको वारेन्टी, जसलाई ५ वर्ष वा ६०,००० किमी सम्म विस्तार गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

नेपालभरि ३५ सार्वजनिक फास्ट चार्जर, एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा रहेको छ ।

देशभरका एथर एक्स्पिरियन्स सेन्टरमार्फत नियमित सेवा, वार्षिक मर्मत सम्झौतामा २० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

यस मोडेलले प्रिमियम आराम, दैनिक प्रयोगमा सहजता र उत्कृष्ट मूल्यलाई एकैसाथ उपलब्ध गराउँदै विद्युतीय सवारीतर्फको रूपान्तरणलाई अझ तीव्र बनाउने लक्ष्य राखेको छ ।

देशभरका ग्राहकले अब फिर्तायोग्य रहनेगरी ९९९ रुपैयाँमै रिज्टा एस बुक गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँ स्कुटरले अधिकतम १२३ किमी रेन्ज प्रदान गर्ने, १० मिनेटमै १५ किलोमिटर सम्मको दूरी थप्न सकिनेगरी फास्ट चार्जिङ सपोर्ट गर्ने, ३४ लिटरको विशाल अन्डरसिट स्टोरेज रहेको, ८० किलोमिटर प्रतिघण्टा अधिकतम गति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?