काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले नवनियुक्त प्रधानमन्त्री बालेनन्द्र शाह ‘बालेन’ सहित मन्त्रीहरुलाई बधाई दिएका हुन् ।
‘हार्दिक बधाइ तथा शुभकामना । नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
त्यस्तै उनले देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासन कायमका लागि शुभकामना दिए । साथै सरकारले गरेका हरेक सकारात्मक प्रयासहरुमा आफूहरुको सहयोग र साथ रहने बताए ।
‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया