काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेनलाई शपथग्रहण गराएका थिए ।
सुरुबाटै सानो आकारको मन्त्रिमण्डल बनाउने मनसायमा रहेका बालेनले १६ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् ।
नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरुले आजै सिंहदरबारमा पदभारग्रहण गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया