काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
शुक्रबार मध्यान्न १२ः३४ मा बालेनले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गर्नुअघि बटुक तथा बौद्ध गुरुहरुबाट मन्त्रोचारण गरिएको थियो । धार्मिक विधि अनुसार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री बालेलने शपथग्रहण गरेका हुन् ।
शपथग्रहण समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित पूर्वप्रधानमन्त्रीहरु तथा विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया