नर्सलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी, को हुन निशा मेहता ?

लोकपथ
2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्यमन्त्री बनाउन लागेका निशा मेहता पेसागत रूपमा नर्स हुन् । सुनसरीको इनरुवा निवासी मेहतालाई रास्वपाले मधेसी क्लष्टरबाट प्रतिनिधिसभा सदस्य बनाएको थियो । 

रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर सो पार्टीसँग आबद्ध उनलाई २०७९ सालकै निर्वाचनमा रास्वपाले समानुपातिक सूचीमा राखेको थियो । तर, त्यसबेला उनी सांसद बन्न सकिनन् । 

२२ साउन २०४४ मा इनरुवामा जन्मिएकी मेहता सुरुदेखि नै राजनीतिक रुचि बोकेकी पात्र हुन् । रास्वपाको केन्द्रीय सदस्यसमेत रहेकी निशाको अर्को महत्वपूर्ण पाटो स्वास्थ्य क्षेत्रसँगको गहिरो सम्बन्ध हो । भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गरेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?