काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ ।
बुधबार आयोगद्वारा आयोजित जलपान समारोहमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि मतदान केन्द्रमा झैझगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको उल्लेख गर्दै यो निर्वाचनलाई ऐतिहासिक सफलता भएको बताए ।
भण्डारीले राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको अभूतपूर्व संयमको प्रशंसा गर्दै विशेष गरी जेनजी आन्दोलनको ६ महिनाभित्रै निर्वाचन सम्पन्न भएको तथ्यलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको बताए । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले समेत निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित भएको उल्लेख गरेका छन् ।
उनले भने, ‘राजनीतिक दल, उम्मेदवार र मतदाताबाट अभूतपूर्व संयम र सद्भाव प्रदर्शन भई ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ। विगतका निर्वाचनमा देखिने विवाद, आचारसंहिता उल्लङ्घन, उम्मेदवारको योग्यता र कर्मचारीको आचारसंहिता सम्बन्धी मुद्दा यसपटक देखिएन ।’
अन्त्यमा उनले निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया