सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 पक्राउ पर्नेमा काभ्रे नमोबुद्ध नगरपालिका–८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामा रहेका छन् । 

पीडितको अन्तरङ्ग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?