‘यस वर्ष वन डढेलोको सम्भावना कम छ’

लोकपथ
35
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्षमा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धि कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।

सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पारे ।

हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुहिने भएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क थियो । सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताए ।

उनले भने, ‘वनमा हुने डढेलो इन्सिडेन्ट कसरी घटना सकिन्छ ? भन्ने कुराका भेरिएवलहरु के के हुन त ? हाम्रो टेन्डेन्सी के छ भने यो जनवरीको इन्डमा पुसको तेस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म थ्रि डेस वीन्टर रेन्फल भयोभने त्यो वर्ष पोष्ट फायर हुने चान्सेस कम हुन्छ । पातपतिंगरहरु प्रशस्तै एकजर्ब गर्छ स्वायलले । पातपतिंगरहरु कुहिएर झर्ने धेरै सम्भावना हुन्छ । त्यसले घटाउन सक्छ । र हामीले यो निरन्तर रुपमा पानी प्राप्त गर्न सकेनौ, वीन्टर र्‍यानफल भएन पनि हिजो र अस्तीको वर्षाले योधेरै नै घटयो । अव हुने आगलागिलाई यसले घटाउँछ । अब यो पानीले त कुहाउने पनि भयो । यी क्लाईमेटमा भेरिएवलहरु हुन । कसरी टेम्प्रेचर बढी राखेका छ । यस वर्षको फरेष्ट फायरको सम्भावना घटना घटन सक्छ भन्ने छ । कतै फायरिङको रिक्सजोन हुन्छ । कतै फायर जोनको रिस्क कम भयो पनि त्यसले बढी क्षति पुर्‍याउन पनि सक्छ ।’

सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?