काठमाडौं । गत शुक्रबार र शनिबारको निरन्तर वर्षापछि काठमाडौं उपत्यकाको मौसममा निकै सुधार आएको छ ।
लामो समयदेखिको धुलो र वायु प्रदुषणलाई वर्षाले पखालेपछि उपत्यकाको आकाश कञ्चन नीलो देखिएको छ भने वरिपरिका डाँडाकाँडाहरू अत्यन्तै मनमोहक देखिएका छन् ।
वर्षापछि काठमाडौंको वायुमण्डल सफा हुँदा उपत्यकाको एक छेउबाट अर्को छेउका घरहरू र डाँडाहरू प्रष्ट देख्न सकिने भएको छ ।
आकाशमा तैरिरहेका सेता बादलका थुप्राहरूले उपत्यकाको सुन्दरतामा थप रौनक थपेका छन् । मनमोहक हिमाल र डाँडाकाँडा मौसम खुलेसँगै उपत्यकाका अग्ला स्थानहरूबाट उत्तरतर्फका हिमश्रृङ्खलाहरू मुस्कुराएको देख्न सकिन्छ । वर्षाले वायुमण्डलमा रहेको धुलोका कणहरू भुइँमा झारिदिएपछि ‘भिजिबिलिटी’ (दृश्यता) बढेको हो । पहाडका चुचुराहरूमा रहेका गुम्बा र मठमन्दिरहरू नीलो आकाशको पृष्ठभूमिमा निकै आकर्षक देखिएका छन् ।
नागार्जुन र स्वयम्भू वरपरका डाँडाहरूमा हरियाली छाएको छ, जसले गर्दा उपत्यकाबासीलाई प्रकृतिसँग नजिक भएको महशुस गराएको छ । यो बदलिएको मौसमले काठमाडौंवासीको जनजीवनमा उत्साह थपेको छ । वायु प्रदुषणको उच्च जोखिममा रहेको शहरमा वर्षापछि हावाको गुणस्तरमा उल्लेख्य सुधार आएको छ । सडकमा गुड्ने सवारी साधनहरू र पैदलयात्रीहरूले धुलोबाट राहत पाएका छन् । मुख्य सडकहरू सफा छन् र मानिसहरू खुलेको मौसमको आनन्द लिँदै यात्रा गरिरहेका छन् । धुलो र धुवाँले ढाकिने शहर सफा भएपछि मानिसहरू बिहानी र बेलुकीको समयमा घुमफिर गर्न र तस्बिर खिच्न डाँडाकाँडाहरूमा पुग्ने गरेका छन् ।
तस्बिरहरु हेर्नुहोस् :













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया