जेनजी आन्दोलनमा फरार कैदी पुनः लागुऔषधसहित पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनमा फरार कैदी पुनः अवैध लागुऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ का २८ वर्षीय चेतबहादुर रम्तेल रहेका छन् ।

शनिबार दिउँसो ३ बजेको समयमा काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–१० कपन साप्रेढुंगाबाट प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले पक्राउ गरी बूढानिलकण्ठ बृत्तमा बुझाएको हो ।

रम्तेल गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएका थिए ।

उनको साथबाट २.३८ ग्राम खैरो हेरोइन, ७७ हजार नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार रम्तेलको साथबाट २ वटा मोबाइल, डिजिटल तराजु समेत बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?