आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचनको परिणामसहितको प्रतिवेदन

लोकपथ
77
Shares

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

आइतबार कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीहरुले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री कार्कीसमक्ष पेश गरेका हुन् ।

आयोगको टोली प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका कर्मचारीहरू बालुवाटार पुगेका थिए ।

उक्त समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हा लगायतको उपस्थिति रहेको थियो ।

त्यसो त यसअघि नै आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलललाई बुझाइसकेको छ ।

आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई शपथग्रहण गराउने लगायत सरकार गठनको प्रक्रिया समेत अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?