काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरू खारेज गर्ने प्रयास नगर्न अब बन्ने सरकारलाई कडा चेतावनी दिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी संगठनहरू खारेज गर्ने विषयमा ‘मिडिया ट्रायल’ भइरहेको भन्दै आपत्ति जनाए । उनले यस्तो निर्णय लिए त्यो ‘आगोको गोलामा हात हालेसरह’ हुने चेतावनी दिए ।
शेर्पाले विद्यार्थी संगठनहरूलाई स्वयंसेवी (भोलिन्टियर) संस्थाका रूपमा व्याख्या गर्दै ती नेतृत्व विकासको प्लेटफर्म र आवाजविहीनहरूको आवाज भएको बताए । उनले विद्यार्थी आन्दोलनकै कारण समाजमा अभिव्यक्ति स्वतन्त्रता विस्तार भएको दाबी गर्दै केही सार्वजनिक व्यक्तित्वहरूले आफ्नो पेसा र अभिव्यक्ति अभ्यास गर्न पाएको अधिकारमा पनि विद्यार्थी संगठनहरूको भूमिका रहेको उल्लेख गरे ।
उनले भावी सरकारलाई लक्षित गर्दै विद्यार्थी संगठनहरूविरुद्ध कुनै कदम नचाल्न आग्रह गरे । ‘विद्यार्थी संगठनहरू चेतनाको प्रतीक हुन्, तिनलाई खारेज गर्ने प्रयासले गम्भीर परिणाम निम्त्याउन सक्छ, ‘उनले भने ।
यस्तै, अध्यक्ष शेर्पाले नेपाली कांग्रेसभित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय व्यहोर्नु परेको दाबी पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया