रास्वपाले कहिले बनाउँछ बालेनलाई संसदीय दलको नेता ?

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ लाई सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले संसदीय दलको नेता चयनमा मतदान नगरी सर्वसम्मत दलको नेता चयन गर्ने भएको हो ।

पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूका सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको उनले बताए ।

बिहीबार साँझ रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनसहित उपाध्यक्षद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालबिच लामो छलफल भएको थियो । उक्त छलफलमा सो सहमति भएको हो ।

उक्त सहमति अनुमोदनका लागि चैत १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ । उक्त बैठकले अनुमोदन गरेपछि बालेनलाई दलको नेता बनाइने र चैत १३ गते बालेनले प्रधानमन्त्रीको शपथ खाने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?