अर्थमन्त्री खनालको ‘कुलिङ पिरियड’ सुरु, अब दैनिक काममा सहभागी नहुने

लोकपथ
119
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल अब मन्त्रालयका दैनिक काममा सहभागी नहुने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

निर्वाचन मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस भए लगत्तै उनले मन्त्रालयबाट टाढा हुने घोषणा गरेका हुन् । 

खनालले भने, ‘आजदेखि कुलिङ पिरियड सुरु भयो, अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस् ।’

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार नयाँ मन्त्री नियुक्त नभएसम्म मन्त्रालयमा केवल प्रशासनिक निर्णयहरू मात्रै गरिनेछन् । नीतिगत निर्णय रोकिएको भए पनि दैनिक प्रशासनिक काम जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?