शपथग्रहणमा जाँदा सांसदहरुले के के बोकेर जानुपर्छ ? संघीय संसद् सचिवालयले गरायो जानकारी

लोकपथ
182
Shares

काठमाडौं । संघीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे हुन गइरहेको नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रममा सांसदहरूलाई आइपुग्नुपर्ने समय र ल्याउनुपर्ने कागजातबारे जानकारी गराएको छ । 

संघीय संसद् सचिवालयले आज शुक्रबार सूचना जारी गरी यो विषयमा जानकारी दिएको हो ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ । । शपथ ग्रहणमा आउँदा निर्धारित समयभन्दा दुई घण्टा अगावै आउन भनिएको छ ।

शपथ ग्रहणमा आउँदा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थित हुन पनि संसद् सचिवालयले भनेको छ ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनेले शपथको ब्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिनअघि नै संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

शपथग्रहणमा आउँदा सांसदहरुले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको भनेर दिएको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपी) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति ल्याउनुपर्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?