काठमाडौं । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले व्यक्तिले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने साहस नै स्वस्थ समाजको आधार भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गर्दै भण्डारीले खोट लुकाउने संस्कृतिका सट्टा सुधारको अवसर मान्ने संस्कृतिले सभ्य समाज निर्माण हुने बताएका हुन् ।
उनले भनेका छन्, ‘सत्य स्वीकार गर्ने, आलोचनालाई सुधारको अवसर ठान्ने र मूल्य–मान्यतामा दृढ रहने संस्कृतिले नै सभ्य समाजको निर्माण गर्छ ।’
भण्डारीले आलोचनात्मक सोच, पारदर्शिता र सामाजिक सुधारतर्फ समाजको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए ।
उनका अनुसार, समाजले खुलेर असल–खराबको मूल्याङ्कन गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया