काठमाडौंं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४०० रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर तोलाको पाँच हजार ७२५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया