५६ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?

लोकपथ
469
Shares

काठमाडौंं । साताको पहिलो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन  ३ लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज  ५६ सयले बढेर प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?