पूर्वराजा शाहको अभिव्यक्तिपछि प्रचण्डको प्रतिक्रिया : ‘जनताबाट फ्याँकिएकाले चुनावबारे भ्रम छर्दै छन्’

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावबारे भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीको दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले  यस्तो आपत्ति जनाएका हुन् । 

 उनले भने, जनताबाट अस्वीकार भइसकेका केही व्यक्तिले चुनाव हुँदैन भन्ने गलत कुरा फैलाइरहेका छन् ।’

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहले देशका समस्या समाधान नगरी गरिएको चुनावबाट निकास नआउने अभिव्यक्ति दिएका थिए । सोही भनाइप्रति असन्तुष्टि जनाउँदै दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘हिजो जनताबाट फ्याँकिएका केही मानिसले चुनाव हुँदैन, हुनुहुँदैन भन्छन् । म पार्टीको तर्फबाट यस्ता कुराको पछि नलाग्न र दृढतापूर्वक चुनावमा लाग्न अपिल गर्छु ।’

प्रचण्डले सबैलाई चुनावी प्रक्रियामा सक्रिय हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?