चितवनका मतदातासँग रविले भने– ‘इमानदार भएर काम गर्न खोजेँ, तर अवसर पाइनँ’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  आफूले इमानदारितापूर्वक काम गर्न खोजे पनि त्यो अवसर नदिइएको बताएका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  सभापति लामिछानेले राजनीति सहज नभएको अनुभव सुनाए । 

उनले चितवनलाई नेपालको राजनीतिक इतिहास लेखिने थलोका रूपमा उल्लेख गर्दै अब यो क्षेत्र राजनीतिको केन्द्र बन्दै गएको दाबी गरे ।

मतदातासँग भावुक अपिल गर्दै उनले भने, ‘दुख मैले पाए पनि आँखा तपाईँका भिजेका छन् । घाउ मलाई लागे पनि पीडा तपाईँलाई छ। तर त्यति दुख्नै पर्थ्यो मलाई । आराम खोजेको भए सरकार ढल्न दिइँदैन थियो, छलेका पैसामा भाग खोजिन्थ्यो होला । हामीले भाग खोजेनौँ, तर देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याउने गरी काम गर्‍यौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?