काठमाडौं । दाङमा नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धीबहादुर बस्नेत रहेका छन् ।
बिहीबार दाङको तुलसीपुरस्थित वीरेन्द्रचोकमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाएका थिए । रास्वपा सभापति रवि लामिछाने सुुर्खेतबाट दाङ जाने क्रममा स्वागतका लागि रास्वपाका कार्यकर्ताहरु उपस्थित रहेका थिए । सो क्रममा उनीहरुले एमालेको झण्डा जलाएका थिए । त्यसको विरुद्ध चौतर्फी विरोध भएपछि प्रहरीले शुक्रबार पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया